११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९८ कोरोना संक्रमित थपिए



काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३० हजार ४५२, भक्तपुरमा १० हजार ८०३ र ललितपुरमा ७ हजार ६१ जना रहेका छन् ।

काठमाडौंमा अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या १ हजार ८२५ रहेको छ । जसमध्ये १८५ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: