१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कृषि मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण, सर्वसाधारणलाई आवतजावतमा रोक



काठमाडौं : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । मन्त्रालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले कार्यालयमा प्रत्यक्ष उपस्थित भएर गरिने सम्पूर्ण कार्य हालका लागि रोक लगाइएको र कर्मचारीहरुलाई निवासबाटै कार्य संचालन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा, सचिव मतिना वैद्य लगायत कर्मचारीहरुले आ–आफ्नो निवासबाट कार्यसम्पादन गरिरहेको उनले बताए ।

उनका अनुसार संक्रमणको जोखिमका कारण सोमबार मन्त्रालयमा २/३ जना मात्र कर्मचारीहरु उपस्थित भएर कार्य संचालन गरिरहेको थियो ।संक्रमणको जोखिम बढेकाले कन्ट्रयाक ट्रेसिङ गरी स्वाब संकलन तथा परिक्षणको दायरालाई बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा भएको कोभिड संक्रमण देखिएपछि सोही भवनको पहिलो तल्लामा रहेको भौतिक पूर्वाधार मन्त्रालय र भुईँ तल्लामा रहेको बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमा पनि प्रत्यक्ष प्रभाव परेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !