१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमाले वरिष्ठ नेता खनाल, नेपालसहितका ११ जनालाई साधारण सदस्य नरहने गरी निष्कासन



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । एमालेको शनिबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण सोधेको थियो । बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही अनुसार आइतबार २४ घण्टाको म्याद दिएर स्पष्टीकरण सोधेपनि उक्त समूहले स्पष्टीकरण दिएका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !