Wednesday, February 19, 2025

ट्रेन्डिङ :

बालमन्दिरमा आश्रित ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौं । नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड-१९ पुष्टि भएको छ र सम्भवत: यो पहिलो घटना पनि हो । काठमाडौंको दुई बालमन्दिरमा आश्रित ४९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

‘सिफलका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा पोजिटिभ देखिएको छ । नक्सालको बालगृहमा रहेकाको पनि केयर टेकरसहित २३ जनामा पनि संक्रमण देखिएको छ । रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

दुवै ठाउँका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् । संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका छन् । केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण रहेको जनाएको छ । एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?