१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रचण्डको ओलीमाथि हमला, बुद्धले झै ‘अहिलेको दम्भी र अहङ्कारी प्रतिगमनविरुद्ध संघर्ष गरौँ’



काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको बताएका छन् । गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै प्रचण्डले बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत रहेको बताएका हुन् ।

सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ । त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं । बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउँदैन । पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ । त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

https://drive.google.com/file/d/1nL1m3AGib_ELOxWLnTTpyshWbUI4oGn9/view


प्रतिक्रिया दिनुहोस !