Thursday, February 20, 2025

ट्रेन्डिङ :

हतियारधारी समूहद्वारा धरान प्रहरी चौकीमा आक्रमण, असईसहित पाँच प्रहरी घाइते

spot_img
spot_img

धरान : जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि नै आक्रमण गरेका छन् । जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि नै आक्रमण गरेका छन् । अनुहार नै छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका दर्जन बढी युवाहरुले धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण गर्दा त्यहाँ ड्युटीमा रहेका पाँचजना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

धरान ३ बस्ने प्रशन्न लिम्बूले आफूलाई धम्की आएपछि उनी जाहेरी दिनका लागि प्रहरी चौकी गएका थिए । जाहेरीकर्ता युवालाई हतियारधारीहरु बाट बचाउन खोज्दा हतियारधारी युवाहरुले प्रहरीमाथि नै आक्रमण गर्दा चौकी इन्चार्ज सुमन दाहालसहित अन्य प्रहरी पनि घाइते भएको प्रहरी निरीक्षक ओलीले बताए । युवाहरुको आक्रमणबाट प्रहरी चौकीका इन्चार्ज असई दाहालको हातमा गहिरो चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इन्सपेक्टर ओलीले बताए । उनले भने,‘वडा ३ बस्ने एक युवालाई धम्की आएपछि ती युवा उजुरी दिन आएका बेला मोटरसाइकलमा पच्छ्याउँदै आएका हतियारधारी युवाहरुले आक्रमण गर्दा प्रहरी पनि घाइते भएको हो । उनीहरुको खोजी भइरहेको छ ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?