Wednesday, February 19, 2025

ट्रेन्डिङ :

दुर्गाप्रसाद प्रसाईंको आर्थिक सहयोग उज्वल थापाको परिवार र रविन्द्र मिश्रले गरे अस्वीकार

spot_img
spot_img

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको उपचारका लागि दुर्गाप्रसाद प्रसाईंको आर्थिक सहयोग आवश्यक नरहेको बताएका छन् । विज्ञप्तिमामार्फत् परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै थापाको स्वास्थ्य उपचार खर्च पुग्ने भएकाले प्रसाईंले दिने भनेको सहयोग आवश्यक नपर्ने मिश्रले बताएका छन् ।

विज्ञप्तिमा मिश्रले भनेका छन्, ‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ। हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’

शनिबार विज्ञप्तिमार्फत् बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलका कार्यकारी निर्देशक प्रसाईं थापाको उपचारका लागि सम्पूर्ण खर्च व्यहोर्ने भनेका थिए । तर, त्यसको केही घन्टामै मिश्रले थापाको उपचारका लागि प्रसाईंको आर्थिक सहयोगको खाँचो नरहेको विज्ञप्तिमार्फत् भनेका छन् । थापाको उपचारका लागि गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २९१ र नेपालमा बैंक खातामा २६ लाख ५० हजार जम्मा भएको पनि मिश्रले जानकारी दिएका छन् । यता, थापाको परिवारले पनि उपचारका लागि प्रसाईंले गरेको आर्थिक सहयोग प्रस्ताव अस्वीकार गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?