१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

राष्ट्रिय सभाको रिक्त पदका लागि भएको उपनिर्वाचनको मत गणना सुरु



बुटवल : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभामा रिक्त एक पदका लागि भएको उपनिर्वाचनको मत गणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानमा २९७ भोट खसेको छ । मतदानमा प्रदेशसभाका ८३ र स्थानीय तहका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुखले २१४ जनाले मतदान गरे । जसमा कोरोना संक्रमित २७ मतदाता थिए । उक्त मतदानमा स्थानीय तहका तीन मतदाता अनुपस्थित भएका छन् ।उपनिर्वाचनमा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दीर्गनारायण पाण्डे उमेदवार छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

 


प्रतिक्रिया दिनुहोस !