१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सरकार खुराफातमा मस्त हुने अनि राष्ट्रपतिलाई भीख माग्न लगाउने ? : डा.बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत नेपाल जस्तै ठूलो देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले भनेका छन्,“कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो। हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहीँ भीख माग्न लगाउने ? खै लाजशरम ?”


प्रतिक्रिया दिनुहोस !