Sunday, February 16, 2025

ट्रेन्डिङ :

अमेरिकाबाट ५० लाख खोप आउने हल्ला पिटेर सूर्य थापा र टीका ढकालले ट्वीट नै डिलिट गरे

spot_img
spot_img
spot_img

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले सामाजिक सञ्जाल ट्वीटरमा नेपाललाई अमेरिकाबाट कोरोनाको ५० लाख डोज खोप आउन लागेको लेखेको टुईट मेटाएका छन् । उनले लेखे, सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड-१९ विरूद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ। हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ।

केही दिनअघि अमेरिकास्थित नेपाली राजदूत युवराज खतिवडामार्फत् राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी बाइडेनलाई खोपका लागि अनुरोध गर्दै पत्र पठाएकी थिइन्। राष्ट्रपति भण्डारीका प्रेस विज्ञ ढकालले नै अमेरिकाले ५० लाख डोज खोप दिन लागेको बताएपछि मानिसहरू खुसी भएका थिए तर त्यो खुसी केही क्षण मात्रै रह्यो । अमेरिकाले ५० लाख डोज खोप दिन लागेको कुरा राष्ट्रप्रमुखको सचिवालयमा रहेका व्यक्तिबाट सार्वजनिक भएपछि तरंग आउनु स्वभाविक थियो। केही अनलाइन पोर्टलले उनकै स्टाटसलाई आधार मानेर समाचार पनि प्रकाशन गरे। तर राष्ट्रपतिका विज्ञ ढकालले गरेको ट्वीटमा कुनै आधार थिएन। केहीबेरमा उनले उक्त ट्वीट डिलिट गरिदिए। त्यसपछि उनले लेखे मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो।

राष्ट्रपतिका सञ्चार विज्ञले ट्वीटरमा आफ्नो आफूले लेखेको कुरा सच्याइसकेको झन्डै १० घन्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेरि त्यही ५० लाखको आँकडा ट्वीटर सार्वजनिक गरे। उनले नेपालीलाई चाहिनेमध्ये १ तिहाइ खोपको व्यवस्थापन भइसकेको तर्क गरे। त्यसका लागि उनले सरकारलाई बधाई पनि दिन भ्याए। थापामाथि पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यही प्रश्न तेर्स्याएस् अमेरिकाले नेपाललाई ५० लाख खोप दिने कुरा कहाँ छरु प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले केहीबेरमा क्षमायाचना पनि नगरी उक्त ट्वीट डिलिट गरिदिए। उनले भूल सुधार गरेनन् बरू अर्को ट्वीट लेखेस् तथ्यांक लेख्न उचित लागेन, हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसनिम्ति राष्टपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्। आफू र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ। राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारहरूले खोपजस्तो संवेदनशील विषयमा हचुवाका भरमा ट्वीट गरेको भन्दै अहिले आलोचना भइरहेको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने नेपालले कति डोज, कुन खोप, कहिले पाउने भन्ने टुंगो भइनसकेको बताए।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार बिहीबार घोषणा भएको २ करोड ५० लाख डोज खोपमध्ये एक करोड ९० लाख डोज कोभ्याक्समार्फत् बाँडिनेछ। कोभ्याक्स विश्वका गरिब तथा अविकसित मुलुकलाई कोरोनाको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलगायत संस्थाहरू मिलेर बनाएको अभियान हो । उक्त १ करोड ९० लाख डोज खोप तीन क्षेत्रका देशहरूका लागि बाँडिनेछ। जसअनुसार मध्य र दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, अर्जेन्टिना, कोलोम्बिया, कोस्टारिका, पेरू, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पानमा, हैटी र अरू क्यारेबियन मुलुकहरूलाई ६० लाख डोज बाँडिनेछ। भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिप टापुहरूलाई ७० लाख डोज दिइनेछ। बाँकी ६० लाख डोज खोप भने अमेरिकाले प्राथमिकताका आधारमा सोझै ती मुलुक र क्षेत्रहरूलाई दिनेछ। यो ६० लाख डोज खोप सोझै पाउने मुलुकमा नेपालको नाम समावेश छैन। उक्त खोप मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यांक, युक्रेन, कोसोभो, हैटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक र यमनसँगै संयुक्त राष्ट्रसंघका फ्रन्टलाइन कर्मचारीलाई दिइनेछ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?