१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

निषेधाज्ञा उल्लंघनमा बहादुरी- झण्डै ३ हजार सवारी साधन प्रहरीको नियन्त्रणमा



काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाबाट निषेधाज्ञा उल्लंघन २ हजार ८०९ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ७ सय ९८ वटा गाडी र २ हजार ११ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ सय ५९ जनालाई निशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५१ हजार ७ सय ७५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ५३ जनालाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ४१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा ३ हजार ४ सय ८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ६६ जनालाई सचेत गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !