१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

उपप्रधानमन्त्री महतोविरुद्ध सर्वोच्चमा देशद्रोहको मुद्दा, २५ बर्ष जेल सजायको माग



काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५० (१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गरेका हुन् । उपपधानमन्त्री महतोले मन्त्रीको सपथ लगतै नेपाल बहुल राज्य भएकाले खस राज्यको नेपाल स्वीकार्य नहुने भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए र।


प्रतिक्रिया दिनुहोस !