१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

हंगेरीको राजधानीमा चीन विरुद्ध हजारौँ मानिसको प्रदर्शन



एजेन्सी : हंगेरीको राजधानी बुडापेस्टमा चीनको एक यूनिवर्सिटी खोल्ने निर्णय विरुद्ध हजारौँ जनता सडकमा आएका छन् । शनिबार बुडापेस्टमा चीनको फडन यूनिवर्सिटी क्याम्पस निर्माण योजनाको योजना बनाइएको थियो तर सो निर्णय विरुद्ध जनता सडकमा उत्रिएका हुन् । यस परियोजनाले देशको उच्च शिक्षाको स्तर घट्ने र चीनको कम्युनिस्ट प्रभाव बढाउने भन्दै जनता सडकमा उत्रिएका हुन् । प्रधानमन्त्री विकीर साउबानको दक्षिणपंथी सरकारको बेजिंगको साथ धेरै घनिष्ठ सम्बन्ध रहेको भन्दै उनीहरुले विरोध गरिरहेका छन् । या्े परियोजनाको लगभग एक अर्ब ८० करोड डलर लगानी हुने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस !