१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सुकुलगुण्डाको समूहले पार्टी एकतामा जान लागेको हल्ला फैलाए : घनश्याम भुसाल



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरू माधव नेपाललाई छाडेर पार्टी एकतामा जान लागेको भन्ने हल्ला गलत रहेको बताएका छन् । भुसालले आज स्पष्टीकरण सार्वजनिक गर्दै एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गर्ने समूह नै तयार भएको बताए । नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन पञ्चायत व्यवस्थाका ‘सुकुलगुण्डा’ जस्तै समूह खडा भएको त होइन भन्ने प्रश्न समेत उनले गरेका छन् । भुसालले भनेका छन्, ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’ अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने भन्दै एकताको आह्वान गरेपछि माधव नेपाल समूहमा दुई धार देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !