Sunday, March 16, 2025

ट्रेन्डिङ :

विद्यार्थीहरुले अगामी आर्थिक वर्षदेखि नै प्रमाणपत्र धितोमा राखेर ऋण पाउँछन् : मन्त्री पौडेल

spot_img
spot_img

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम आगामी आर्थिक वर्षको सुरुवाती दिनदेखि नै कार्यान्वयनमा लैजाने बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समावेश गरिएको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै प्रकारका शैक्षिक कार्यक्रमहरुको प्रभावकारी कार्यान्वय हुने बताए ।

शैक्षिक ऋण दिने कार्यक्रम कार्यान्वयनमा कुनै दुविधा नराख्न भन्दै उनले ऋण लिन चाहाने विद्यार्थीले आफ्नो परियोजना बीचमा असफल नुहने गरी अनुभवी व्यक्ति र संस्थाको सहयोगमा बनाउन आग्रह पनि गरे । उनले भने, ‘शैक्षिक ऋणसँग सम्बन्धित वा अरु शिक्षा क्षेत्रमा जेजस्ता मौलिक कार्यक्रम अगाडी सारेका छौँ हामीले । वा नियमित कार्यक्रमहरु छन् । तिनको प्रभावकारी कार्यान्वयन हुन्छ । कुनै दुविधा, अन्यौल, अस्पष्टता नराख्नका लागि, आश्वस्त हुनका लागि आग्रह गर्न चाहान्छु । यहाँहरुले कुरेर बस्नुपर्ने स्थिति हुँदैन । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने जुनखालको प्रवन्ध छ, यो बजेटको प्रवन्ध कार्यान्वयन हुन्छ । ऋण लिन चाहाने युवाहरुले आफ्नो परियोजना निर्माण गर्दा विचमै असफल भएर हिँड्नु नपर्नेगरी त्यसको तयारीमा ध्यान दिनका लागि अनुभवी व्यक्ति, संस्थाहरूबाट सहयोग लिन उत्प्रेरित गराउनुहोला । यो कार्यान्वयन हुन्छ । शिघ्र कार्यान्वयन हुन्छ ।’

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले शैक्षिक प्रमाणपत्र धितो राखि २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यक्रमको निश्चित प्रारुप तयार गरी तत्कालै कार्यान्वयनका लागि कर्जा प्रदायक सबैमा निर्देशन जारी गर्न तथा विद्यार्थीले तिर्नुपर्ने पाँच प्रतिशत व्याज मध्ये चार प्रतिशत सरकारले र एक प्रतिशत विद्यार्थीले बेहोर्ने गरी व्यवस्था मिलाउन अर्थमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । त्यस्तै, विद्यार्थीलाई ल्यापटप खरिद गर्न उपलब्ध गराइने ८० हजार रुपैयाँ प्रदान गर्न ढिला नगर्न पनि आग्रह गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?