Monday, March 17, 2025

ट्रेन्डिङ :

को हुन् गृहमन्त्री बन्न लागेका खगराज अधिकारी?

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री हुने भएका छन्।

सांसद नरहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’  सर्वोच्चको आदेशपछि पदमुक्त भएकाले जेठ दोस्रो सातादेखि गृह मन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहतमा राखेका थिए।त्यसपछि अब को गृहमन्त्री बन्छ भन्ने आमचासो थियो।

आज गृहमन्त्रीको सपथ लिन लागेका अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।२०६४ सालको संविधान सभा चुनावमा पराजित भएका अधिकारीले २०७० मा टिकट नै पाएका थिएनन्। लामो समय आफ्नो समूहमा रहेका अधिकारीलाई ओलीले नै कोइराला मन्त्रिपरिषदमा पठाएका हुन्।

२०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए। नेकपा एकता भएपछि उनी हटेर देव गुरूङ प्रमुख सचेतक भएका हुन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?