Sunday, March 16, 2025

ट्रेन्डिङ :

अब निर्वाचन आयोगका पदाधिकारीले पनि ४ महिनाको भत्ता पाउने

spot_img
spot_img

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले आयोगका प्रमुख निर्वाचन आयुत्त, आयुक्तहरुलाई थप सुविधा तथा भत्ता दिने निर्णय गरेको छ । यस बिषयमा राजपत्रमा सूचना समेत प्रकाशन भइसकेको छ । अब आयोगका पदाधिकारीले र आयोगका कर्मचारीले ४ महिनाको थप सुविधा र भत्ता पाउने भएका हुन् । यसमा अर्थ मन्त्रालयले स्वीकृति दिएपछि सुविधा तथा भत्ता बढाउने विषय अघि बढेको थियो। आयोगले निर्माण गरिरहेको आर्थिक कार्यविधि अनुसार सुविधा तथा भत्ता दिइनेछ। आयोगमा अहिले प्रमुख आयुक्त दिनेश थपलिया कार्यरत छन भने आयुक्तहरुमा ईश्वरी प्रसाद पौड्याल,रामप्रसाद भण्डारी र डा जानकी कुमारी तुलाधर कार्यरत छन् । उनीहरुले भने कर्मचरीले झैं थप भत्ता र सुविधान पाउने भएका हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?