Sunday, March 16, 2025

ट्रेन्डिङ :

पहिरोको जोखिममा २ सय ९९ बस्ती

spot_img
spot_img

काठमाडौ । देशभर २९९ बस्ती पहिरोको जोखिममा रहेका छन् । २०७२ सालको विनाशकारी भुकम्पका कारण चिराचिरा भएका धेरैजसो पहाडी जिल्लाहरुका बस्ती पहिरोको जोखिममा परेका हुन् ।

भुकम्पले थिलथिलो पारेको अति प्रभावित जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम मूल्यांकनका लागि अध्ययन गर्दा यी बस्तीहरु जेखिममा परेको प्राधिकरणले जनाएको छ । हाल सम्म बाग्लुङ एक, चितवन ९, धादिङ १६, दोलखा ६, गोरखा २४, गुल्मी पाँच, काभ्रेपलाञ्चोक नौ, ललितपुर १०, लमजुङ ६, मकवानपुर चार, म्याग्दीमा एउटा बस्ती जोखिममा रहेका छन् ।यस्तै, नुवाकोट ३८, ओखलढुंगा नौ, पर्वत तीन, रामेछाप २८, रसुवा ४१, सिन्धुपाल्चोक ७१, सोलुखुम्बु ६, सिन्धुली पाँच, स्याङ्जा दुई, तनहुँ तीन, संखुवासभाका दुई, धनकुटालगायत जिल्लामा रहेका बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् ।

प्राधिकरणले उच्च जोखिम रहेको बस्ती तत्काल स्थानान्तरण गर्न सुझाब दिएको ६ वर्ष पुग्यो तर बस्ती स्थानान्तरणको काम अघि बढ्न सकेको छैन । बर्सेनि मनसुन सुरु भएसँगै बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिबाट बर्सेनि करोडौं क्षति हुनुका साथै हजारौंको संख्यामा मृत्यु हुने गरेको छ । वैशाखदेखि हालसम्म मात्रै बाढी तथा पहिरोमा परी २१ जनाको मृत्यु, २१ जना घाइते भएका छन् भने २३ जना बेपत्ता छन् । यीमध्ये अधिकांश घटना प्राधिकरण अध्ययन गर्दा जोखिम देखाएका ठाउँमा भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?