१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

महिलाले पतिसँग सधै किन लुकाउने गर्छन यी ६ वटा कुराहरु ?



भनिन्छ, विवाह पछि वा सम्बन्धमा रहदा कुनै कुरा लुकाउनु हुँदैन् तर महिला वा पुरुष दुवैले केही विषय भने आफ्ना साथीसँग सेयर गरेका हुँदैनन् । जतिसुकै खुला वा मिल्ने भएपनि केही कुराहरु राज कै रुपमा राखिएको हुन्छ । भर्खरैको एक अनुसन्धानले महिलाहरुले आफ्ना पति वा ब्वाईफ्रेण्डसँग सेयर नगर्ने केही कुराका विषयमा उजागर गरेको छ । महिलाहरुले लुकाउने कुरामध्ये केहीले आश्चर्यमा समेत पार्न सक्छ ।

भारतको टाइम्स अफ इण्डियामा छापिएको रिपोर्टमा महिलाले पतिलाई अति नै इज्जत र प्रेम गरेपनि पुरानो प्रेम सम्बन्ध भएकाहरुले पतिको तुलना एक्स ब्वाईफ्रेण्डसँग गर्ने गरेको पाइन्छ । तर यो विषयमा भने पतिलाई कहिल्यै सेयर नगर्ने सो रिपोर्टमा उल्लेख छ । आमरुपमा महिलाहरुले पतिलाई आफ्ना पुराना कुराहरु नसुनाउने र लुकाएरै राख्ने गरेका पाइएको छ । कतिपय पुरुषहरुले अतितका विषयमा जान्न खोज्दा महिलाहरुले कुनै न कुनै उपाय लगाएर कुरा मोड्ने वा टार्ने गरेको अध्ययनका क्रममा सहभागीहरुले बताएका थिए ।

यस्तै भारतीय महिलाहरुले सासुसँग भएको विवाद पनि पतिसँग लुकाउने गरको पाइएको छ । उनीहरुले पतिले आफ्नो आमाको पक्षमा लागेर सम्बन्ध नै बिग्रिने हो भन्ने चिन्ताले यो कुरा लुकाउने बताएका थिए । यस्तै माइतपट्टीको बराबरी माया दिन नसक्ने भएपनि महिलाहरुले घरपट्टीकालाई देखाउनकै लागि मात्रै माया गर्ने गरेको पाइएको छ । महिलाहरुले पनि घरमा माइतमा जस्तो माया नपाएको अनुभव गर्ने गरेका छन् । यस्तै भारतीय महिलाहरुले फिजिकल रिलेसनसिपका विषयमा पनि कुरा लुकाउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !