Sunday, March 16, 2025

ट्रेन्डिङ :

वैवाहिक सम्बन्धमा बाँधिईन सन्ध्या केसी

spot_img
spot_img

काठमाडौंं । अभिनेत्री तथा मोडल सन्ध्या केसी बैबाहिक सम्बन्धमा बाँधिएकी छिन् । अभिनेता अनमोल केसीको जोडी बनेर पाँच वर्ष अघि नेपाली चलचित्र ‘ड्रिम्स’सबाट नायिकाको रुपमा सन्ध्याले डेब्यु गरेकी थिईन् ।

यिनै अभिनेत्रीले शुक्रवार आफ्नो प्रेमी आभूषण ज्योति कंसाकारसँग कानुनी रुपमा विवाह गरेकी हुन् । बिगत दुई वर्षदेखि यी अभिनेत्री आभूषणसँग प्रेम सम्बन्धमा थिइन् ।

आफुहरुको कानूनी विवाह भएको उनले सामाजिक सञ्जालमा मार्फत खुलासा गरेकी छिन् । अदालतबाट विवाहको प्रकृया पुरा गरेपछि उनले श्रीमानसँगका केही तस्विरहरु सार्वजिनक गर्दै विवाह गरेको जनाएकी हुन् । यतीबेला कोरोना सक्रमणका कारण निषेधाज्ञा जारी रहेकाले धार्मिक विवाह गर्न नमिलेको पनि उनले बताएकी छिन् । अब अहिलेको अबस्था सामान्य भएपछि उनले पारम्पारिक विवाह पनि गर्ने छिन् ।

सन्ध्याले फेसबुकमा लेखेकी छन्, ‘हामीले विवाहित जोडीको रुपमा एक सुन्दर यात्रा सुरु गर्न हात मिलाएका छौं । म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गर्दैछु । धार्मिक रुपमा हामी एक हुन बाँकी छ, जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह र आर्शिवाद चाहन्छौं । आजदेखि हामी एक्लै हिँड्ने छैनौं । हाम्रो हृदय हाम्रो आश्रय हुनेछ ।’

सन्ध्याले ‘कमलेको बिहे, पण्डित बाजेको लौरी, कथा काठमाण्डू’ लगायतका फिल्ममा पनि अभिनय गरिसकेकी छन् । ‘कमलेको बिहे’ भने निर्माण सकिएको वर्षौं भइसके पनि प्रदर्शनमा आउन सकेको छैन । उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?