१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा, चुच्चे नक्सा गायव



काठमाडों । विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखिएको छ । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्यपुस्तकमा राख्ने निर्णय गरेतापनि पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको पाइएको हो ।विद्यालय तहका सामाजिक शिक्षालगायत पुस्तकमा पुरानै नक्सा राखिएको छ । पाठ्यक्रम विकास केन्द्रले भने बजारमा पुरानै स्टक पुस्तक गएका कारण त्यस्तो पाइएको हुनसक्ने बताएको छ ।

गत महिनामात्र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बजारमा आएका त्यस्ता पुस्तक तुरुन्त फिर्ता लिन निर्देशन दिँदै त्यस्ता पुस्तक बिक्री वितरण गर्नेलाई कारवाही गर्ने बताउनु भएको थियो ।यस्तै अघिल्लो वर्ष पाठ्यक्रम विकास केन्द्रले नै नेपालको नयाँ नक्सा सहित छापेको शिक्षक सहयोगी पुस्तक वितरण गर्न सरकारले नै रोक लगाएको थियो ।

तर अहिले बजारमा भेटिएका पुरानै नक्सा भएका किताब गत बर्ष अगाडि नै प्रकाशन भएर देशभरीका बजारमा पुगेको हुनसक्ने पाठ्यक्रम विकास केन्द्रको अनुमान छ ।ती पुस्तक पहिले नै छापिएका र स्टक हुनसक्छन्, केन्द्रका निर्देशक गणेश भट्टराइले भन्नुभयो, `ती फिर्ता हुन्छन् ।`

अघिल्लो बर्ष जेठमा प्रतिनिधि सभाले भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।त्यसयता नेपालको नक्सा प्रयोग हुने हरेक विषय क्षेत्रमा नयाँ नक्सा प्रयोग गर्न थालिएको थियो ।


प्रतिक्रिया दिनुहोस !