१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

२ सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस



काठमाडै । सचिव बढुवा समितिले सचिवका दुई पदका लागि ६ सहसचिवको सिफारिस गरेको छ । प्रशासनतर्फ रिक्त १ पदमा तीन तथा प्राविधिकतर्फ रिक्त एक पदमा तीन जनाको सिफारिस भएको हो ।प्रशासनतर्फ सहसचिव मधुसुदन बुर्लाकोटी, कृष्णहरी पुष्कर कर्ण र खगेन्द्रप्रसाद नेपालको सिफारिस भएको बढुवा समितिले जनाएको छ । यस्तै प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल रहेका छन् ।

प्रशासनतर्फ सिफारिस भएका बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालमा, पुष्कर कोभिड–संकट व्यवस्थापन केन्द्र र नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । उनीहरुमध्ये एक जनालाई सरकारले बढुवा गर्नेछ ।लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेको हो । प्रशासनतर्फ सचिवका थप चार पद रिक्त छन् । जसमा यही साता बढुवा सिफारिसको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !