१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

‘भेरोसेल’ को दोस्रो मात्रा आजदेखि



सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आजदेखि ज्येष्ठ नागरिकलाई लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ ।

काठमाडौँ जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले करीब पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिनुभयो ।

खोप अभियान आजदेखि यही असार २४ गतेसम्म सञ्चालन हुने छ । उहाँका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरो सेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ । खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४ ले दोस्रो र २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !