
काठमाडौँ- चिनियाँ राष्ट्रपतिसँगको भिडियो कन्फरेन्समा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक वर्ष पुगेको उपस्थितमा नेपालका प्रमुख राजीतिक दलका साथै विश्वका नेताहरुसँग सीले भिडियोमार्फत अन्तरक्रिया गरेका छन्।
अन्तरक्रियामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भइरहेका छन् भने कांग्रेस सभापति देउवाले आफू उपस्थित नभइ पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री प्रकाशशरण महतलाई अन्तरक्रियामा सहभागी हुन निर्देशन दिएका छन्।
देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘सभापति ज्यू आफैँ जोडिनु भएन। उहाँका सट्टामा प्रकाशशरण महत हुनुहन्छ।’
एमालेबाट अध्यक्ष केपी शर्मा ओलीले अन्तरक्रियामा भाग लिएका छन्। ओली बालुवाटारबाट सहभागी भएका हुन्।
त्यस्तै अध्यक्ष प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडाबाट अरु नेताहरुसहित अन्तरक्रियामा भाग लिएका छन्।
दाहालसँग नेताहरु नाराणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मालगायका नेताहरु सहभागी छन्।
अन्तरक्रियमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भने निम्तो नगरिएको उनको सचिवालयले जानकारी दियो।
-Deshasanchar