१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

हात्ति आयो हात्ति आयो फुस्स, फेरी पनि ओली र नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगियो



काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । बुधबार साँझ नक्सालस्थित एक होटलमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो । तर, वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन दुवै नेता सकारात्मक भएको दाबी गरे । उनका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ । समग्रतामा पार्टी एकतालाई कसरी अगाडि बढाउने, सकारात्मक परिणाम कसरी ल्याउने भनेर छलफल भएको छ । पुनः कुराकानी हुनेछ । हामीले समस्याका विषयमा गम्भीर रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता बोध गर्दै आएका छौं । अब कार्यदलका बीचमा छलफल हुन्छ,’ वार्तापछि रावलले भने ।


प्रतिक्रिया दिनुहोस !