१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एक सातामै ६ जना सचिवमा बढुवा, १८ उपसचिव बढुवाको पाईपलाईनमा



काठमाडौं : लोकसेवा आयोगले पदाधिकारी पाएसँगै पछिल्लो एक सातामै ६ जना सचिवमा बढुवा भइसकेका छन् । बढुवा सिफारिस समितिले प्रशासन सेवाको रिक्त एक सचिव पदमा बढुवाका लागि तीन बरिष्ठ सह सचिवको नाम सिफारिस गरेको छ । बिहिबार बिहान सिंहदरबारमा लोकसेवा आयोगका अध्यक्षमाधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सहसचिवहरु कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरण राज शर्माको नाम सिफारिस गरेको हो । यी मध्ये एक जनालाई क्याविनेटले सचिवमा बढुवा गर्नेछ । प्रशासनतर्फ अझैं सचिव पद रिक्त, रहेको हुँदा छिट्टै अरु दुई बरिष्ठ सहसचिवहरु सचिवमा बढुवा हुनेछन् ।

सचिव बन्ने लाइनमा प्रशासन सेवातिरबाट राम प्रसाद घिमिरे, हरि प्रसाद मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, रामेश्वर दंगाल,कृष्ण कुमार राउत,रविलाल पन्थ, शंकर खरेल, विनोद प्रकाश सिंह, गोपीकृष्ण खनाल, घनश्याम उपाध्याय, राधिका अर्याल लगायत छन् । यस्तै इञ्जिनियर सेवा समूहबाट केशव शर्मा, वन सेवाबाट गोविन्द शाह, डा. विमलकुमार निर्मल छन् भने स्वास्थ्य सेवाबाट महेन्द्र श्रेष्ठ, रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंहबीच प्रतिष्पर्धा छ । यो अघि दामोद रेग्मी, मधुसूदन बुर्लाकोटी, सुशीलचन्द तिवारी, प्रमिला बज्राचार्य, गणेशप्रसाद पाण्डे र डा. कृष्णप्रसाद आचार्य सचिवमा बढुवा भइसकेका छन् । इकर्मचारीको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस !