१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

देउवासँग छलफल गरेपछि माओवादीले मन्त्री टुंगो लगाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पहिला त अध्यक्ष कमरेडले शेरबहादुर देउवा जीसँग कुराकानी गर्नुहुन्छ, त्यो कुराकानीको आधारमा हामीले आवश्यक निर्णय गर्छौं ।’

नामको बारेमा आज छलफल नै नभएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘पहिला कस्तो खालको मन्त्रीमण्डल गठन गर्ने, कति जना समावेश गर्ने, कुन–कुन पार्टीहरु समावेश आजै हुने भन्नेबारेमा एक ढंगको छलफल गरेपछि मात्रै यसबारेमा निर्णय गर्न उपयुक्त हुने भएकाले हामीले अहिले नै नामको बारेमा प्रवेश गरेका छैनौं ।’

कांग्रेस सभापति देउवाले आजै सानो आकारको मन्त्रिपरिषद सहित शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !