२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

जनादेश मेरो पक्षमा, अदालतको परमादेश देउवाको पक्षमा : ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भए पनि सर्वोच्चको परामादेशबाट आफू हट्नुपरेको बताएका छन् । यद्यपि सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता नरहेको उहाँको भनाइ छ । मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ, प्रधानमन्त्रीबाट बाहिरिँदै गर्दा देशवासीको नाममा गरिएको सम्बोधननमा प्रधानममन्त्रीले भने, जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो, परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खलबलिएको बताए । ओलीले आफ्नो पार्टी सर्वोच्च अदालतको फैसला पालनाका सम्बन्धा स्पस्ट भएको बताउनुभयो । ‘यो फैसलाको समयले अग्नीपरीक्षा लिँदै जानेछ, राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बलिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, फैसला पालनाका सम्वन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु ।’


प्रतिक्रिया दिनुहोस !