१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म सपथग्रहण नलिने देउवाको अडान



काठमाडौं । राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री नियुक्त गरिएको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै विज्ञप्ति नसच्चिएसम्म प्रधानमन्त्री देउवाले शपथ ग्रहण नगर्ने अडान लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति नसच्चिएसम्म देउवाले शपथ ग्रहण नगर्ने अडान लिएका हुन् । देउवाले आफू नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने बताएका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस !