१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चन्दा नदिए बमले उडाई दिने धम्की दिने विप्लवका नेता बास्तोला पक्राउ



पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता धाकधम्की दिएर चन्दा असुली गरेको आरोपमा पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वैकल्पिक केन्द्रीय सदस्य प्रकाश बास्तोला बमले उडाइदिने धम्की दिएर चन्दा असुलमी सक्रिय रहेको आरोपमा पक्राउ परेका छन् । कास्कीको रुपा गाउँपालिका ३ टाकन्जाका २६ वर्षे बास्तोला गएको शनिबार पोखराबाट पक्राउ परेका हुन् । बास्तोलालाई आपराधिक लाभ सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट आइतबार अनुमति लिई हिरासतमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !