१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कर्मचारीहरूलाई काम छोडेर चाकडी गर्न नआउन अर्थमन्त्री शर्माको आग्रह



काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रका लागि केही गर्ने उद्देश्य साथ आएको बताए । मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिबद्धता भएको मन्त्री शर्माले बताए । मन्त्री र कर्मचारीबीच कुनै दूरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइजस्तो भएर काम गर्न उनले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !