१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पदबहाली गर्दै ऊर्जामन्त्री भुसालले भनिन्, ‘काम गर्न सरल छु, मसँग व्यक्तिगत कुनै स्वार्थ छैन’



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणामुखी काम गर्नुपर्ने बताएकी छन् ।

बुधबार ऊर्जामन्त्रालयमा पदबहाली गर्दै भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताइन् । “काम गर्न सरल छु, मिलेर जनताको काम गरौँ । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वर्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र हो,” उनले भनिन् ।

मन्त्री भसालले सबै नागरिलाई कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिनुपर्ने बताएकी हुन् । उनले सबै नागरिकलाई चाँडै बिजुलीको पहुँच पयाउँनुपर्ने समेत बताइन् ।

“अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ । लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔँ । बिजुली बत्ती बाल्नै नपाउनेहरु छन् । उनीहरुसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ,” उनले भनिन्,“कृषिप्रधान देश भनिए पनि सिंचाइको समस्या ठूलो छ । सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिंचाइ पुर्याउनेमा लाग्नुपर्छ ।”

अहिले बाढीपहिरो र भूक्षय बढेको भन्दै मन्त्री भुसालले विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस !