२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

एमालेको एकता भाँडिने खतरा, नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने



काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भएको छ । यसअघि नेपाल पक्षका सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै हस्ताक्षर गरेका थिए। एमाले सांसद विरोध खतिवडाले आफूहरूले देउवालाई विश्वासको मत दिने बताए।

संसदलाई पूर्ण कार्यकाल चल्न दिने नीतिअनुसार मत दिने उनको भनाइ छ। सांसद रामकुमारी झाँक्रीले देउवाको पक्षमा आफूहरूले हस्ताक्षर गरिसकेकाले विश्वासको मत दिने बताइन्। संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत गठन भएको सरकारलाई विश्वासको मत दिनका लागि ह्विप नलाग्ने प्रावधान छ, उनले भनिन्, हामीले त्यही व्यवस्थाअनुसार विश्वासको मत दिने हो।

एमाले एकताका लागि गठित कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू भने देउवालाई विश्वासको मत दिने पक्षमा छैनन्। नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए संस्थापन पक्ष चिडिने देखिएको छ । एमालेको स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल समूहले देउवालाई विश्वासको मत दिए एमालेको एकता भाँडिन सक्ने जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !