२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

देउवालाई मत दिने २२ संसदलाई एमालेको २४ घण्टे स्पष्टीकरण



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमत विपरीतको काम हो, त्यसैले २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ’ वैठकपछि पत्रकारसँग उनले भने, ‘उहाँहरुले दिएको जवाफको आधारमा पार्टीले चाल्ने थप कदम तय हुन्छ ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए । देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !