१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सरकारी जागिर गर्ने कर्मचारीले लेखापरीक्षण गर्न नपाउने



काठमाडौं : सरकारी वा निजी संघसंस्थामा जागिर गर्ने कर्मचारीले लेखापरीक्षण गर्न नपाउने भएका छन् । २०७८ साउन १ देखि लागू हुने गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आईक्यान० ले लेखापरीक्षकका हकमा यस्तो व्यवस्था गरेको हो । चार्टर्ड एकाउन्टेन्टहरूको हकमा यसअघि नै यो व्यवस्था थियो । लेखापरीक्षकहरू सरकारी र निजी क्षेत्रमा जागिरे भएको अवस्थामा पनि लेखापरीक्षणमा सक्रिय रहेको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको हो ।लेखापरीक्षकहरू सरकारी वा निजी जुन क्षेत्रमा जागिरे भए पनि लेखापरीक्षण गर्न नपाऊन् आईक्यानको निर्देशन हो । यसलाई आईक्यानले ‘एक व्यक्ति एक पेसा’को नीति भनेको छ ।

नेपाल अडिटर्स एसोसिएसनले भने आईक्यानको यो निदेशनको विरोध गरेको छ । ‘चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको परिषद्ले साउन १ बाट रजिस्टर्ड अडिटरका लागि ‘एक व्यक्ति एक पेसा’ को नीति लागू हुने गरी सूचना प्रकाशन गरेको सम्बन्धमा एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,’ अडानको विज्ञप्तिमा उल्लेख छ । देशका विकट स्थानमा लागत र भौगोलिक कठिनाइका कारण अन्यत्रबाट लेखापरीक्षक गई लेखापरीक्षण गर्न सक्ने परिस्थिति नभएको अवस्थामा कर्मचारीका रूपमा रहँदै पनि लेखापरीक्षकहरूले त्यस्ता क्षेत्रमा लेखापरीक्षणको सेवा उपलब्ध गराएर महत्त्वपूर्ण योगदान पुर्‍याएको अडानको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !