१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमाले फुटाउने सपना नदेख्न देउवा र प्रचण्डलाई ओलीको चेतावनी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेको सर्वोच्च अदालतको फैसलालाई ‘प्रतिगमन’को संज्ञा दिएका छन् । पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो, अदालतको फैसला । समयमै पलाएको एजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी रह्यो ।’

अहिले बाहिर एमालेको विभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने चलेपनि त्यो असम्भब रहेको उनले बताएका छन् । साथै, त्यस्तो सपना नदेख्न पनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !