१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

वरिष्ठ नेता नेपाललाई आममाफी दिने ओलीको घोषणा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बाटो बिराएका र भड्किएकाहरूलाई आममाफी दिने घोषणा गरेका हुन् ।

‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड,’ उनले भने, जेसुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’ अर्थात् सबैलाई सबै आरोपहरुबाट उन्मुक्ति । यसअघि, ओलीको अध्यक्षतामा बसेको एमाले बैठकले पार्टी ह्वीप अवज्ञा गर्दै प्रधानमन्त्रीका उम्मेदवार देउवालाई मत दिनु अक्षम्य अपराध भन्दै २२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।


प्रतिक्रिया दिनुहोस !