१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेपाल समूहको सष्टीकरण : राजीनामा दिन छोडेर आफै प्रधानमन्त्री बन्न खोज्दा देउवालाई मत



काठमाडौं । माधव नेपाल पक्षका एमाले सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि र विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपर्नेमा नदिइ आफैं प्रधानमन्त्री बन्न खोजेकोले शेरबहादुर देउवाको पक्षमा उभिएको उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्नेमा त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनु असंवैधानिक भएको जवाफ नेपाल पक्षले पठाएको छ । गत बैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसके पछि प्रधानमन्त्रीले राजीनामा नदिनु राजनीतिक नैतिकता विपरीत कुरा भएको नेपाल पक्षले स्पष्टिकरणमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस !