१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अन्धो सरकार, जनतालाई धमाधम खोप लगाउन छोडेर ४१ लाख भण्डारमा थन्कायो



सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो बैठकले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको थियो । सरकारले आगामी चैतसम्म सबै नागरिकलाई पुग्ने गरी ४ करोड २८ लाख ४८ हजार डोज खोप प्राप्त गर्ने बताएको छ । यो मध्ये १ करोड ५ लाख ४८ हजार डोज खोप असोजसम्म प्राप्त भइसक्ने सरकारको योजना छ । हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको छ । खोपको पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जनालाई लगाइएको र १४ लाख ३० हजार ४ सय १६ जनालाई दुवै मात्रा खोप लगाइएको छ ।

कोभिडविरुद्ध किनेको र कोभ्याक्स सुविधामा आएको खोप पर्याप्त मात्रामा रहेपनि खोप अभियान सञ्चालनमा सरकारले तत्परता देखाउन सकेको छैन । अर्थात् मौजाद ४१ लाख डोज खोप भण्डारमा थन्किएको छ । यसले आम नागरिकले खोप कहिले पाउछन् भन्ने पश्न उठेको छ । यता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले छिट्टै संपूर्ण नागरिकलाई खोपको व्यवस्था गर्ने दाबी गर्छन् ।

यही असार २८ गते अमेरिकाबाट १५ लाख बढि जोन्सन एण्ड जोन्सन खोप अनुदान सहयोग प्राप्त भएको छ । यसअघि भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार डोज प्राप्त भएको थियो । यस्तै जापान सरकारले पनि जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । तर, खरिदमा भन्दा अनुदानमाधेरै खोप नेपाल आएपनि खोप अभियान कसरी सञ्चालन गनेृ भन्नेमा सरकारको स्पष्ट खाका खाएको छैन । यता स्वास्थ्य मन्त्रालय भने खोप अभियानलाई निरन्तर दिइरहेको दाबी गर्दौ आएको छ ।

कोभिड संक्रमण बढिरहेका बेला खोप लगाउन भएको अलमलले सरकार योजना विहिनजस्तै देखिएको छ । सरकारको काम भनेको खोप ल्याउने हो । यसको व्यवस्थापन गरेर जनताको पहुजसम्म पु¥याउने काम प्रदेश र स्थानीय सरकारको पनि हो । अहिले तीन तहको सरकारबीच समन्वय नहुदाँ आम सर्वसाधारण कसरी खोप पाउने भन्ने चिन्तामा छन् ।


प्रतिक्रिया दिनुहोस !