१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ओली समूहको खीर खाने कार्यक्रममा नेपाल समूहलाई निम्ता आएन



 काठमाडौ ।नेकपा एमालेको केपी ओली समूहले आज पार्टी कार्यालय थापाथलीमा खीर खाने कार्यक्रम राखेको छ ।

साउन १५ गतेको अवसर पारेर राखिएको खीर खाने कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भने निम्ता गरिएको छैन । एमालेको कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीका सबै नेताहरुलाई खीर खान निम्तो गरेको बताएपनि नेपाल पक्षले भने अहिलेसम्म निम्तो नआएको जनाएको छ ।

एमालेको नेपाल पक्ष नेता रघुजी पन्तले अहिलेसम्म यसबारे कुनै जानकारी नभएको र निम्तो पनि नआएको बताए । उनले आफू घरमा आराम गरेर बसिरहेको र पार्टी कार्यालयमा के हुँदैछ त्यसबारे अनभिज्ञ रहेको बताए ।

नेपाल समूहका कुनैपनि नेता पार्टी कार्यालयमा खीर खाने कार्यक्रममा सहभागी नहुने भएका छन् ।प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी ओली नियमित रुपमा पार्टी कार्यालय जान थालेका छन् भने पार्टी गतिविधिमा पनि सक्रियता जनाउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !