१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

‘मन्त्रीले गलत काम गर्न लागे कर्मचारीले रोक्नुपर्छ’



काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा मधु कुमार मरासिनी नियुक्त भएपछि स्वागत कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सो निर्देशन दिएका हुन् ।

मन्त्री शर्माले भने,, “मन्त्रीले जान वा अन्जानमा देशलाई घाटा हुने कुनै कुरा ग(यो भने त्यसलाई सीधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु । ” अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार उहाँले मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर नहुने भन्दै अत्यावश्यकीयमहत्त्वपूर्ण विषयहरूमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्ने बताए ।

उनले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए । अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले आग्रह गरे । कार्यक्रममा निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड १९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरु विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारे । कोभिड महामारीकैविच राजश्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी बैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण बृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात बृद्धि भएकोलगायतका सकारात्मक परिसूचकहरुसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए ।

अर्थ मन्त्रालय र मातहतका निकायहरुमा १३ वर्ष ९ महिना काम गर्नुभएका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरुको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरुको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरुको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च बृद्धिलगायतमा ध्यान केन्द्रीत गर्नुुपर्ने सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस !