१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्छ : गगन थापा



काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा पोखरामा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उहाँले खोप लगाएका व्यक्तिबाट बढी संक्रमण फैलिने डर रहेको बताउनुभयो ।नेता थापाले खोपलगाएकाहरुले आफू सुरक्षित छु भन्दै स्वास्थ्यका मापदण्ड पालन नगर्दा खोप लगाएका व्यक्तिमा पनि संक्रमण बढ्ने डर भएको बताउनुभयो ।

उहँले अझै केही महिना कोरोनाको ठूलो चुनौती रहने भएकाले सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।सबै उमेर समूहका नागरिकले कोरोना खोप नलगाएसम्म संक्रमणको चुनौती रहिरहने उहाँको भनाइ थियो ।नेता थापाले स्वर्गीय सूर्यबहादुर केसीलाई नेपाली कांग्रेसले उच्च स्थान दिएकाले उहाँको परिवारका सदस्यलाई पनि राजनीतिमा सक्रिय हुन सुझाव दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !