१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रश्नपत्र लिक गर्ने डिएसपीसहित तीन दर्जन प्रहरी अनुसन्धानमा तानिए



काठमाडौं : संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट साइबर ब्युरोमा सुरुवा भएका कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको सो प्रकरणमा मुख्य संलग्नता देखिएको छ । उनीहरु दुबै जना आन्तरिक नियन्त्रणमा छन् । आजको राजधानी दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस !