१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

बजारले समात्यो ३२०० को लाइन, नेप्से ‘अलटाइम हाई’



सेयर बजारले ३२०० को लाइन समातेको छ । विगत केही दिन अघिसम्म सुस्त गतिमा अघि बढेको बजार साताको तेस्रो दिन एकाएका बैंक, बिमा कम्पनीको मूल्यमा उछाल आएपछि ३२०० को लाइन समातेको आँकलन गरिएको हो ।

बजारले मौद्रिक नीति पर्खिरहेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माले बजारलाई प्रभावित पार्ने गरी मौद्रिक नीति नल्याउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएको समाचार बाहिरिए पछि बजार एकाएक उचालिएको हो ।

गत वर्षका प्रावधानलाई नचलाई मौद्रिक नीति आउने भएपछि लगानीकर्तामा उत्साह छाएको देखिएको छ । मंगलबार विकास बैंक, वाणिज्य बैंक, बिमा कम्पनी, फाइनान्सलगायतमा सकारात्मक चकम देखिएपछि बजार चम्किएको हो ।

अहिले केन्द्रीय बैंकले समेत बैंकहरुबाट निक्षेप उठाइरहेको छ । अधिक तरलताको अवस्था रहेकाले ब्याजदर पनि सस्तो छ । यस्तै, चक्रीय नियमअनुसार हेर्दा पनि बजार बुल रनमा रहेको छ । बुलिस प्रवृत्तिको बजारले आफ्नो निश्चित चक्र पूरा गरेरै छाड्ने विश्लेषकहरु बताउँछन् । यी समग्र परिदृश्यहरुका आधारमा दीर्घकालमा बजार सकारात्मक नै हुने अपेक्षा गर्न सकिन्छ ।

बजारमा नयाँ लगानीकर्ता थपिनेक्रम जारी छ । युवा पुस्ताहरु सेयर बजारमा प्रवेश गरिरहेका छन् । अनलाइन प्रणाली र बढ्दो सूचनाप्रविधिको विकासले गाउँघरमा समेत विस्तारै सेयर बजारसम्बन्धी चेतना विकास हुँदै गएको छ । सेयर बजार प्रविधिमैत्री भएको छ । यसबाट दूरदराजमा बस्नेहरुलाई समेत सेयर खरिदबिक्रीमा निकै सजिलो भएको छ ।

विदेशमा बस्ने नेपालीले समेत सजिलै सेयर किनबेच गर्न सक्छन् । यी सकारात्मक परिदृश्यहरुका आधारमा सेयर बजारको भविष्य सुन्दर रहेको विश्लेषण गर्न सकिन्छ । तर बजार एकोहोरो ढंगले बढ्ने मात्र गर्दैन् ।

साताको तेस्रो दिन मंगलबार सेयर बजार ५३.४० अंकले बढेको छ भने नेप्से अलटाइम हाइ भएको छ । यसअघि नेप्से ३१२५ अंकको उच्च अंकलाई छाडेर नेप्से अघि बढेको हो । यसदिन कारोबार रकममा पनि तेजी देखिएको छ । मंगलबार १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ । केही दिन यता कारोबार पनि बढ्दै गएको छ । कारोबार बढ्नु बजारमा लागि राम्रो मानिन्छ


प्रतिक्रिया दिनुहोस !