१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई भव्य स्वागत



काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यालयमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई भव्य स्वागत गरिएको छ । उर्जामन्त्रालयबाट नियुक्ति पत्र लिए लगत्तै प्राधिकरण कार्यालयमा पुगेर पदभार गरेका घिसिङलाई भब्य स्वागत गरिएको हो । उनलाई कार्यलयका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

पहिलो पल्ट प्राधिकरणको कार्यकारी निर्देशक भएर काम गर्दा कुलमानले उल्लेखनीय काम गरेको मानिदै आएको छ । उनी नेपालमा लोडसेटिङ हटाउन सफल व्यक्ति हुन् । उनको गत वर्ष ४ वर्षे कार्यकाल सकिएको थियो ।

कार्यकाल सकिएसँगै उनलाई आम नागरिक तथा सरोकारवालाहरुले पुन नियुक्तिको माग राखेका थिए । तर तत्कालीन ओली सरकारले उनलाई पुनस् नियुक्ति दिएको थिएन । हाल नयाँ सरकार आएसँगै उनलाई पुनस् नियुक्ति दिइएको हो ।


प्रतिक्रिया दिनुहोस !