१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो १०६ जना वन रक्षक कर्मचारी



बुटवल । प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले १०६ जना वन रक्षकको विज्ञापन गरेको छ । लोक सेवा आयोग लुम्बिनी प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्ष पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । जसमा खुल्ला तर्फ ५८, महिला १६, आदिवासी जनजाति १४, मधेसी ११, दलित ४, अपाङ्ग २ र पिछडिएको क्षेत्र २ गरी एक सय ६ जनाको विज्ञापन गरेको हो । वन रक्षकको परिक्षा बुटवलमा हुने छ भने परिक्षामा शारिरिक परिक्षण, लिखित र अन्तरवार्ता हुने छ ।


प्रतिक्रिया दिनुहोस !