१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमसीसीले अधिग्रहण गरेको जग्गामा नेपालको राष्ट्रिय झण्डा गाडियो



काठमाडौं : अमेरिकी सहयोग संस्था मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले अधिग्रहण गरेको जग्गामा नेपालको राष्ट्रिय झण्डा गाडिएको छ । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालका अभियन्ता र उन्नत लोकतन्त्र पार्टीका समर्थकहरुले राष्ट्रिय झण्डा गाडेर एमसीसीको बिरोध गरेका छन् । उनीहरुले हिजो नुवाकोटको रातमाटेस्थित एमसीसीले अधिग्रहण गरेको जग्गामा राष्ट्रिय झण्डा गाड्दै चर्को भाषण गरेका छन् ।

नेपाली भूमिबाट इण्डो–अमेरिकी एजेण्टहरु नफर्केसम्म, नेपाली अनुहारका विदेशी दलालहरुलाई उक्त एजेन्डामा घुँडा नटेकाएसम्म उन्नत लोकतन्त्र पार्टीले एमसीसीविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । उक्त स्थानमा आयोजना गरिएको प्रतिबद्धता समारोहमा सामेल हुँदै अभियन्ताहरुले एमसीसीको बिरोध गर्दा आफ्ना केही साथीहरुलाई सरकारले हिरासतमा राखेको बताएका छन् ।

उनीहरुले आफूहरुको एउटै एजेन्डा रहेको बताउँदै भने, ‘नेपालमा केवल नेपालीले सेवा, रक्षा तथा व्यवस्थापन गरून । नेपाली बोल्दैमा नेपाली नहुने बताउँदै अभियन्ताहरुले आफूहरु भीड मात्र नभएर विचारसमेत भएको बताएका छन् । ‘देशलाई विचार चाहिएको र विचारबाट मात्रै देश निर्माण हुने’ आफूहरुको मान्यता रहेको एमसीसीले अधिग्रहण गरेको जग्गामा उभिएर उनीहरुले भाषण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !