१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दल फुटाउने अध्यादेश सरकारको प्रतिगामी निर्णय : गोकर्ण विष्ट



काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले दल फुटाउने खुकुलो प्रावधानसहित मंगलबार ल्याइएको अध्यादेशको विरोध गरेका छन् ।

स्थायी कमिटी बैठक पछि सन्चारकर्मीसँग कुरा गर्दै विष्टले एमाले एकता बचाउन सक्रिय उनले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यमादेशलाई लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरीत भनेका छन् ।

नेता विष्टले यो अध्यादेशले देशमा राजनीतिक अस्थिरता, अन्योलता र अराजकता ल्याउने पनि उल्लेख गरेका छन् ।

’लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ’, उनले भनेका छन्, ’यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ।’ नेता विष्टले देउवा सरकारको यो प्रतिगामी कदमलाई सबैले विरोध गरेर फिर्ता लिन बाध्य पार्नुपर्ने पनि बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !