१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सल्लाघारीमा बसपार्क बनाउने कामनपाको प्रस्ताव, भक्तपुर नगरपालिकाद्वारा विरोध



भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउने काठमाडौं महानगरपालिकाको प्रस्तावलाई भक्तपुर नगरपालिकाले विरोध जनाएको छ ।

काठमाडौं महानगरपालिकाले गठन गरेको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौं उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडिबुटी नजिक मनोहरा खोला करिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट सञ्चालन गर्नुपर्ने बेहोरासहितको प्रतिवेदन तयार गरेको थियो । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले भक्तपुर सल्लाघारी तीनकुने सडक किनारबाट तत्कालका लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ ।

काठमाडौ महानगरपालिका क्षेत्रभित्र गन्तव्य बनाई आउने देशका विभिन्न भागका सवारी साधनलाई व्यवस्थित गर्ने उद्देश्यले आफ्नो क्षेत्राधिकार बाहिर गएर भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी खुल्ला जग्गामा पार्किङ व्यवस्थाको लागि प्रतिवेदन तयार गर्नु आपत्तिजनक छ । काठमाडौं महानगरलाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न पनि भक्तपुर नगरपालिले सचेत गराएको छ ।

काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा एक प्रतिनिधि मण्डल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिस“ग भेटमा विभिन्न विषयमा छलफल हुनुका साथै यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलको विषयमा छलफल हुँदा प्रमुख प्रजापतिले उपप्रमुख खड्गीलगायत कार्यदलका सबै सदस्यलाई भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गामा भक्तपुर नगरपालिकाले २०६० सालदेखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सोअन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना रहेको विस्तृत जानकारी दिएको जनाएको छ ।

छलफलको क्रममा बसपार्कजस्ता अत्यन्त व्यस्त हुने संवेदनशील विषयमा सबैसंँग गहन छलफल गरी उपयुक्त ठाउ“मा टुंगो लगाउनुपर्ने पनि सुझाव पनि प्रजापतिले दिएका थिए । बसपार्क क्षेत्रमा हुने वातावरणीय र सा“स्कृतिक प्रदूषण, आर्थिक र सामाजिक प्रभावलगायतका विषयमा गम्भीरताका साथ अध्ययन हुनुपर्ने सुझाव पनि उनले दिएका थिए ।

भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक अधिकार क्षेत्रको विषयमा अनधिकृत रूपले काठमाडौं महानगरपालिकाले गठन गरेको अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्नु खेदजनक विषय हो ख्वप विश्वविद्यालय स्थापना गर्न नदिने जालसाजी रहेको ठहर गरेको छ ।


प्रतिक्रिया दिनुहोस !