एमाले फुटेको होईन, एक आध इट्टा खुस्किएको हो : ओली « Supremekhabar
Edition
   ४ आश्विन २०७८, सोमबार
 |   Mon Sep 20 2021
Logo

एमाले फुटेको होईन, एक आध इट्टा खुस्किएको हो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका छन् । यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनको दाबी छ । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि बुधबार मात्र निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसबारे प्रतिक्रिया दिएका अध्यक्ष ओलीले एमाले कमजोर नहुने दाबी गरेका छन् ।

प्रतिनिधिसभामा एमालेसँग अहिले पनि १०० भन्दा बढी सांसद रहेको र छिट्टै चुनाव आउने उनले बताए । स्थानीय तहको चुनावमा कांग्रेस र माओवादी मिल्दा पनि एमाले पहिलो भएको र अहिले त आफूहरुले जनताको मत जित्ने गरी काम गरेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘मैदानमा एकल एमाले छ ।’

नेता नेपालले एमाले कमजोर पार्ने बाहेक केही काम नगरेको ओलीको आरोप छ । २४० सिटमध्ये ३३ सिटमा एमालेलाई झारेर पार्टी महासचिवबाट राजीनामा दिएको र एमालेले सरकार चलाउन सक्दैन भन्ने स्थापित गरेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएको ओलीले बताए ।

यही कारण (माधव नेपाल समूह अलग भएकै कारण) एमाले कमजोर हुन्छ भन्ने नभएको उनले बताए । हात्ती जति दुब्लाए पनि हात्ती नै हुने भन्दै ओलीले भने, ‘केही मान्छेले अन्तरघात गर्दा एक समय अलिकति धक्का पर्छ । उनीहरुले एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्छन् । त्यो अपूरणीय क्षति चाहिँ होइन । टाल्दा भइहाल्ने कुरा हो, भवन नै ध्वस्त हुने होइन ।’ एमाले अध्यक्ष ओलीले संसद छलेर छापामार शैलीमा अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरे । एमाले विभाजन गर्ने गलत बदनियतका साथ अध्यादेश ल्याएको र यो सर्वोच्च अदालतको फैसला विपरीत भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


मोदीका दूत एस जयशंकरले धम्याएको ओलीको दाबी



आगामी विधान महाधिवेशनका लागि उनले तयार पारेको राजनीतिक प्रतिवेदनमा हाल भारतका विदेशमन्त्री रहेका जयशंकरले आफ्नो सुझावलाई मान्न दबाब दिएको जनाएका हुन् ।

‘२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफ्नो सुझावका विपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एवं परिणामम नराम्रो हुने धम्की दिएर फर्किए,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

जारी स्थायी कमिटीको बैठकमा सदस्यहरुबीच छलफलमा रहेको प्रतिवेदनमा नेपालको संविधान तयारी भएपछि जारी गर्नबाट रोक्नका लागि भारत प्रत्यक्ष रुपमा दबाब सिर्जना गरेको उल्लेख छ । ‘संविधान निर्माण हुँदैदेखि आफ्नो सरोकार र चासोलाई ध्यान नदिएको भनी असन्तुष्टि प्रकट गर्दै आएको भारत सरकारले संविधान निर्माण भइसकेपछि जारी नगर्न प्रत्यक्ष दबाब सिर्जना गर्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफंनो सुझावविपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एव| परिणाम नराम्रो हुने धम्की दिएर फर्किए ।

प्रतिक्रिया दिनुहोस !

एमालेका पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलबको व्यवस्था



काठमाडौं । नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलबको व्यवस्था गरिने भएको छ । एमालेको विधान संशोधन प्रस्तावमा साविकको धारा ५६ को उपधारा १ र २ को सट्टामा धारा ७४ को उपधारा १ र २ को उल्लेख उल्लेख गरिएको छ ।

जसमा पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले अत्यावश्यक मासिक खर्चको व्यवस्था गर्ने उल्लेख गरिएको छ । पार्टीका नेता कार्यकर्तालाई काममा खटाउँदा हुने खर्चको व्यवस्था पनि काममा खटाउने सम्बन्धित कमिटीले गर्ने व्यवस्था गरिएको छ ।

जेष्ठ कम्युनिस्टलाई सम्मान

एमालेले जेष्ठ कम्युनिस्टलाई सम्मान गर्ने व्यवस्था पनि गरेको छ । विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णु पौडेलले स्थायी समिति बैठकमा पेश गरेको प्रतिवेदनमा सबै तहका कमिटीहरुले एक तह माथिल्लो कमिटीमार्फत पार्टीमा लामो समय योगदान गरेका र ७० वर्ष पुरा गरेका जेष्ठ कम्युनिस्टहरूलाई सम्मान गर्न केन्द्रीय कमिटीसमक्ष सिफारिस गर्ने उल्लेख गरिएको छ ।

विधानको धारा ७१ को उपधारा २ मा सिफारिस भएकाहरुको छानबिन गरी उनीहरुको अभिलेख राखेर केन्द्रीय कमिटीले परिचयपत्र प्रदान गर्ने र सम्मान गर्ने उल्लेख गरिएको छ । यसरी सम्मानित हुने जेष्ठ कम्युनिस्टहरूको मर्यादा सिफारिस गर्ने कमिटीको सदस्य सरह हुनेछ ।

एउटा पदमा दुई कार्यकाल बढी बस्न नपाउने 
विधानमा केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारी एउटा पदमा दुई कार्यकालभन्दा बढी समय बस्न नपाउने व्यवस्था गरिएको छ । यस्तै त्यस्ता पदाधिकारी बन्नका लागि ७० वर्ष ननाघेको हुनुपर्नेछ ।

यस्तै कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीमा पदाधिकारी वा सदस्यमा निर्वाचित हुन उम्मेदवार भएमा निज कार्यरत रहेको पद स्वतः रिक्त हुने व्यवस्था गरिएको छ । तर, पदेन सदस्यको हकमा भने यो व्यवस्था लागू हुनेछैन । स्थायी कमिटीले नेताहरुको सुझावसहित यो प्रतिवेदन केन्द्रीय समिति बैठकमा पठाउने निर्णय सोमबार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस !

संविधान दिवसमा आममाफी पाएका अपराधीको नाम सरकारले लुकायो



प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: